Comments Add Comment

नक्कली कागजपत्र देखाएर गोरखापत्रमा जागिर खाएको आरोप

२ मंसिर, काठमाडौं । सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक  वासुदेव पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र बनाएर सेवा प्रवेश र बढुवासमेत भएको अभियोगमा उप-सम्पादक पोखरेलविरुद्ध अख्तियारले  मुद्दा दायर भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट बीएको नक्कली ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट पेस गरेर गोरखापत्रमा जागिर खाएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साथै त्रिविका तत्कालीन परीक्षा प्रशासन महाशाखाका प्रमुख वैकुण्ठ थपलियाले पनि गलत मनसाय राखेर प्रमाणीकरण गरेको देखिएकाले उनीविरुद्ध पनि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

को हुन् वासुदेव ?

पोखरेलको स्थायी ठेगाना नुवाकोट हो । माओवादीनिकट पोखरेलले ०६४ मा संस्थानको छैटौं तहको समाचारदाताबाट सेवा प्रवेश गरेका थिए । माओवादीले उनलाई संस्थान सञ्चालक समिति सदस्य बनाएको थियो ।

बेपत्ता परिवारका सदस्य पोखरेल तत्कालीन क्रान्तिकारी पत्रकार संगठनमा पनि आबद्ध थिए ।  संस्थानमा १ तह बढुवा भएपछि उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग लागेको थियो । लगत्तै उनले राजीनामा दिएका थिए । अभियोगकै बीचमा संस्थान व्यवस्थापनलले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।  शैक्षिक प्रमाणपत्रमाथि परेको उजुरीकै बीच संस्थान व्यवस्थापनले किन उनको राजीनामा स्वीकृत गर्यो भन्ने प्रश्न पनि उठेको छ । स्रोतका अनुसार, राजीनामा स्वीकृतमा संलग्नमाथि पनि अनुसन्धानकाे तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment