+
+
Shares

विप्लवका नेता गम्भीरले पार्टी छोडे

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १५:३३

३ मंसिर,  काठमाडौैं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कृष्ण धमला गम्भीरले पार्टी छोडेका छन् ।पार्टीको विभिन्न मोर्चामा काम गर्दै आएका गम्भीरले मंगलबार प्रेस विज्ञप्ति जारी गरी आफू स्वतन्त्र वामपन्थी भएको उल्लेख गरेका छन् ।

विप्लवको पोलिट व्यूरो सदस्यको जिम्मेवारीसम्म पुगेका गम्भीर पछिल्लो केही समय निष्कृय जस्तै थिए । केही समयअघि काठमाडाैंमा घर किनेको भनदै  गम्भीरलाई पार्टीले घटुवा गरेको थियो । त्यसयता उनी निस्कृय भएका हुन् ।

गम्भीर प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा सुर्खेत जिल्ला इञ्चार्ज, भेरी-कर्णाली सदस्य तथा केन्द्रीय आयोजक समिति सदस्यको जिम्मेवारीमा समेत थिए ।

२०३५ /०३६ देखि राजनीतिमा सकृय भएका धमला सुर्खेतको कम्युनिस्ट आन्दाेलनका स‌ँस्थापक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?