+
+
Shares

काठमाडौं-सिन्धुपाल्चोक चल्ने बसको हुट हटाउन सुरु

शर्मिला पण्डित शर्मिला पण्डित
२०७६ मंसिर ४ गते १८:२३

४ मंसिर, काठमाडौं । अरनिको राजमार्ग हुँदै काठमाडौंदेखि सिन्धुपाल्चोक रुटमा चल्ने बसको हुट हटाउन सुरु गरिएको छ ।

बढ्दो दुर्घटना न्यूनिकरणका लागि भन्दै महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं-सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने बसको हुट हटाउन सुरु गरेको हो ।

काठमाडौं-सिन्धुपाल्चोक चल्ने आमा हाल्मो र हेलम्बु बस सेवामा मगंलबारबाट बसको हुट हटाउन व्यवसायीहरुलाई निर्देशन दिइसकेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेश बहादुर सिंहले जानकारी दिए ।

क्षमता भन्दा बढी सामान हुटमा लोड गर्नुका साथै ट्राफिक नियम विपरित यात्रुलाई समेत राख्ने गरेकाले बसको हुट निकालेर मात्रै बस गुडाउन दिने नियम लागू गरिएको उनले बताए ।

बसको हुटमा सामानसँगै यात्रुलाई पनि चढाउने गर्दा सडक दुर्घटनामा वृद्धि भएकोले दुर्घटना न्यूनिकरणको लागि यो नियम कडाइका साथ लागू गरिने उनको भनाइ छ ।

पछिल्लो समय काठमाडौंदेखि सिन्धुपाल्चोक गुड्ने बसहरु प्राय: दुर्घटनामा पर्न थालेपछि प्रहरीले दुर्घटना न्यूनिकरणको लागि बसको हुट हटाउने अभियान थालेको हो ।

केही बस व्यवसायीहरुले बसको हुट हटाउन सुरु गरिसकेको र बिहीबारसम्ममा काठमाडौंबाट सिन्धुपाल्चोक चल्न बसको हुट हटिसक्ने डीएसपी सिंहले बताए ।

काठमाडौंबाट भोताङ, हेलम्बु, बरुवा, गुन्सा लगायतका लागि बस छुट्ने गर्छ ।

बसको हुट निकाल्ने प्रहरीको अभियानप्रति केही बस व्यवसायीहरुले विरोध जनाउँदै बुधबार बस नचलाउँदा सर्वसाधरण समस्यामा परेको स्थानीयले बताएका छन्।

प्रहरीको उक्त नियमको विरोध गदै बुधबार सिन्धुपाल्चोकका अधिकाशं ठाउँमा बस नचलेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालगाउँपालिका प्रमुखले टासी लामाले बताए ।

लामाका अनुसार बसको हुट हटाउने प्रहरीको अभियानको विरोधमा व्यवसायीहरुले बस नचलाएको भन्ने सुनेको छु । यसबारे यातायात्र व्यवसायीहरुलाई गाउँपालिकामा बोलाएर छलफल गर्ने तयारी भइरहेको उनले बताए ।

तर बौद्ध प्रहरीले भने व्यवसायीहरुले उक्त नियमको विरोधमा बस नचलाएको भन्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।

डीएसपी सिंहका अनुसार व्यवसायीहरु बसको हुट हटाउनका लागि व्यस्त रहेका कारण बस सिन्धुपाल्चोक नगएको हो ।

गत कात्तिक १७ गते दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?