+
+

चितवनमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते ८:३०

४ मंसिर, चितवन । चितवनको भरतपुरमा ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनी स्थलमा तयारी तीब्र पारिएको जानकारी दिए । प्रर्दशनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका बारेमा जानकारी लिन सकिने उनको भनाइ छ ।

प्रदर्शनीमा २० भन्दा बढी देशको सहभागिता रहनुको साथै १०० भन्दा बढी स्टल रहने छन् । २ हजार भन्दा बढी प्रकारका कृषि यन्त्र औजार र उपकरण प्रदर्शन गरी ३५ हजार बढीलाई अवलोकन गराउने लक्ष्य राखिएको संघका महासचिव कृष्ण शर्माले बताए ।

प्रर्दशनीमा ७० जिल्लाका अवलोकनकर्ता सहभागी हुने अपेक्षा छ । १० करोडभन्दा बढीको कारोबार हुने आयोजकको दाबी छ । प्रदर्शनीको आयोजकको रुपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन् ।

लक्षित वर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी सस्थां वैज्ञानिक, शिक्षक तथा विद्यार्थीहरुले नेपालमा भित्रिएका कृषियन्त्र र उपकरणहरुको बारेमा सजिलै जानकारी लिन सकुन भनेर अवलोकनको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइने छ । चितवनको नारायणघाटबाट सुरु भएको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी दोस्रो बाकेंको कोहलपुरमा र तेस्रो धरानमा यसअघि सम्पन्न भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?