Comments Add Comment

चितवनमा खुल्यो नेटफ्रेस प्राकृतिक चिकित्सालय

४ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नः ४ मा नेटफ्रेस प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ ।

चिकित्सालयले बुधबार पत्रकार सम्मेलन गरी प्राकृतिक उपचार पद्धतीको माध्यमबाट बिना अप्रेसन बिरामीको उपचार गर्ने उदेश्यका साथ चिकित्सालय खोलिएको जनाएको छ । झण्डै दुई करोडको लगानीमा खोलिएको चिकित्सालयमा ११ जनाको लगानी छ । हाल १० वेड क्षमतामा चलाउने लक्ष्य रहे पनि निकट भविश्यमा नै यसलाई विस्तार गरिने चिकित्सालय सञ्चालक समितिका अध्यक्ष गोविन्द हुमागाईले जानकारी दिए । तीन विगाहा क्षेत्रफलमा स्थाना गरिएको चिकित्सालयलाई निकट भविश्यमा १० विगाहा थप गरेर सेवा प्रदान गरिने अध्यक्ष हुमागाईको भनाइ छ ।

चिकित्सालयमा प्राकृतिक आहारसहितको अन्तरङ्ग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपङ्चर अकुप्रेसर थेरापी, फिजियोथेरापी, रिह्याविलिटेशन सेवा,तनाव र जीवनशैली व्यवस्थापन, योग एवं ध्यान, यौगिक क्रिया, मनोपरामर्श लगायतका सेवा उपलब्ध हुने डा.अमित सहनीले जानकारी दिए । ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पिनाश, टाउको दुख्ने, एलर्जी, दम, अनिद्रा, मानसिक तनाब, डिप्रेसन, मधुमेह, मोटोपन, उच्च रक्तचापको उपचार चिकित्सालयमा हुने सहनीले बताए ।

भविष्यमा यसलाई प्राकृतिक चिकित्सा शिक्षालयको रुपमा विकास गर्ने उदेश्यका साथ चिकित्सालय स्थापना गरिएको अध्यक्ष हुमागाईले बताए । चिकित्सालयका चिकित्सक डा. सग्राम पुरीले रोग नभई रोगीको उपचार गर्नुपर्छ भन्ने सिद्धान्तका साथ चिकित्सालय स्थापना गरिएको बताए । मानिसको खानपिन र जीवनशैलीका कारण दैनिक रुपमा विरामीको सङख्या बढेकाले भरतपुरमा प्राकृतिक चिकित्सालय आवश्यकता वोध गरी स्थापना गरिएको उनको भनाइ छ ।

प्राकृतिक चिकित्साका क्षेत्रमा पछिल्लोपटक प्रयोग भइरहेका आधुनिक प्रविधिलाई चिकित्सालयमा भित्राइएको दाबी उनको छ । तीन जना चिकित्सकको नियमित निगरानीमा उपचार गरिने चिकित्सालयमा २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment