Comments Add Comment

गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते

४ मंसिर, गुल्मी । गुल्मीको अर्जैमा बुधबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दुबै जना स्कुल विद्यार्थी रहेका छन् । स्कुलबाट घर जाने क्रममा दुर्घटनामा परेर १६ वर्षीय जगत परियार र १६ वर्षीय केशब अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

मालिका गाउँपालिकाको वडा नम्बर ६ को अर्जै स्वस्थ्य चौकीबाट छापतर्फ जाँदै गरेको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको  उनले बताए । घाइते दुबै जनालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  एम्बुलेन्स चालक सम्पर्क बिहीन रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment