Comments Add Comment

गोकर्ण विष्टले भने : काम गर्ने अवसर दिएकामा प्रधानमन्त्रीप्रति कृतज्ञ छु

५ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षामा इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।

बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका उनले पसिनाको मूल्य नपाएका  श्रमिक र बेरोजगार यषुवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको पनि बताए ।

‘अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’ उनले भने । नवनियुक्त श्रम यादवलाई स्वागत गर्न विष्ट निजी गाडी चढेर आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment