+
+
Shares

३३ महिनामा हुलाकी सडक चार किलोमिटर कालोपत्रे

रासस रासस
२०७६ मंसिर ५ गते १३:५६

५ मङ्सिर, भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइए पनि हालसम्म डोकेबजार-बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ ।

‘सडक निर्माणको ३३ महिना पूरा भयो’, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले रासससित भने, ‘अहिले तीनवटै प्याकेजमा करिब ६० प्रतिशत काम सकिएको छ ।’ तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उनले बताए ।

डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा-राजेन्द्र जेभीले पाएको थियो । ‘यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ’, इञ्जिनीयर मडैले भने, ‘अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ।’

त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा-हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ । ‘पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्’, मडैले भने,’काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।’

एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । ‘वर्षात्मा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ’, पुनर्वासका स्थानीय रामसाहेद रानाले भने, ‘जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?