Comments Add Comment

उत्पत्तिका एकादशी ब्रत कथा

जब युधिष्ठिरले प्रश्न सोधे-‘भगवान, हजुरले हजारौं यज्ञ र लाखौं गोदान पनि एकादशीको व्रत बराबर हुँदैन भन्ने बताउनु भयो । त्यसो भए त्यो तिथि सबै तिथिहरु भन्दा उत्तम कसरी भयो ? बताउनु होस् ।’

भगवानले भन्नु भयो-‘हे युधिष्ठिर, यो सम्बन्धमा पौराणिक कथाका अनुसार मुरा नामक दैत्य उत्पन्न भएको थियो । उनी धेरै बलवान र भयानक थिए । त्यो प्रचन्ड दैत्यले इन्द्र, आदित्य, वसु, वायु, अग्नि आदि सबै देवताहरुलाई पराजित गरेेर भगाइदिए । तब इन्द्रसहित सबै देवताहरु भयभित भएर भगवान शिवलाई ती सबै वृत्तान्त बताए र भन्न लागे हे कैलाशपति, मुर दैत्यसंग भयभित भएर सबै देवताहरु मृत्युलोकमा लुकिरहेका छन् ।’

तब भगवान शिवले भने-‘हे देवताहरु हो, तीनै लोकका स्वामी, भक्तहरुका  दुःखलाई नाश गर्ने भगवान विष्णुको शरणमा जाओ । उनले तिमीहरुलाई यो दुःखबाट पार लगाउने छन् ।’

शिवजीको त्यस्तो वचन सुनेर सबै देवताहरु क्षीरसागरमा पुगे । त्यहाँ भगवानलाई आराम गररहेको देखेर उनीहरुले हात जोडेर उनीहरुको स्तुति गर्न थाले-‘हे देवताहरुद्वारा स्तुति गर्न योग्य प्रभु, तपाईंलाई बारम्बार नमस्कार छ, देवताहरुको रक्षा गर्ने मधुसूदन, तपाईंलाई फेरी पनि नमस्कार छ । हाम्रो रक्षा गर्नुहोस् प्रभु । दैत्यसंग भयभीत भएर हामी सबै तपाईंको शरणमा आएका छौं ।’

तपाईं यो संसारका कर्ता, माता-पीता, उत्पत्ति गर्ने, पालनकर्ता र संहार गर्न सक्ने । सबैलाई शान्ति प्रदान गर्ने, आकाश-पाताल पनि हजुर नै हो । सबैको पितामह ब्रम्हा, सुर्य, चन्द्र, अग्नि, सामग्री, होम, आहुति, मन्त्र, तन्त्र, जप, यजमान, यज्ञ, कर्म, कर्ता, भोक्ता पनि हजुर नै हो । हजुर सर्वव्यापक हुनुहुन्छ । हजुर सिवाय तीनै लोकमा चर तथा अचर केही पनि छैन्ा ।

हे भगवान, दैत्यहरु युद्धमा विजय भएर हामीलाई स्वर्गबाट भगाइदिए र हामी सबै देवता यता-उता भौतारिरहेका छौं । हजुरले ती दैत्यहरुबाट हाम्रो रक्षा गर्नु हवस् । इन्द्रको यस्तो वचन सुनेर भगवान विष्णु भन्न लाग्नु भयो -‘हे इन्द्र, त्यस्तो मायावी दैत्य को हो, जसले सबै देवताहरुलाई पराजित गरे, उनको नाम के हो, उनमा कति बल छ र कसको आश्रयमा छ तथा उसको स्थान कहाँ छ ? यी सब कुरा मलाई भन ।

भगवानको यस्तो वचन सुनेर इन्द्रले भन्न लागे-‘भगवान, प्राचीन समयमा एउटा नाडीजंघ नामक राक्षस थियो । उनको महापराक्रमी र लोकविख्यात मुरा नाम गरेका एउटा पुत्र जन्मियो । उनको चन्द्रावती नाम गरेको नगरी छ । उनले सबै देवताहरुलाई स्व्ार्गबाट निकालेर आफ्नो अधिकार जमाएको छ । उनले इन्द्र, अग्नि, वरुण, यम, वायु, ईश, चन्द्रमा आदि सबै स्थानमा आफ्नो अधिकार जमाएको छ । सूर्य बनेर स्वयम् नै प्रकाश दिन्छ । स्वयं नै मेघ बनेर बसेको छ र सबै भन्दा अजय छ । हे असुर निकन्दन, त्यो दुष्टलाई मारेर देवताहरुलाई अजय बनाउनु हवस् ।’

देवताहरुको त्यस्तो वचन सुनेर भगवानले भन्नु भयो-‘हे देवताहरु हो, म शीघ्र नै त्यसको संहार गर्छु । तिमीहरु चन्द्रावती नगरी जाओ । यस्तो भन्दै भगवानसहित सबै देवताहरु चन्द्रावती नगरीतिर प्रस्थान गरे । त्यसबेला दैत्य मुर सेनासहित युद्ध भुमिमा गर्जिरहेका थिए । दैत्यको भयानक गर्जन सुनेर सबै देवताहरु भयभित भएर चार दिशा तिर भाग्न थाले । जब भगवान स्वयं रणभूमिमा आए दैत्यले उनी माथी पनि अस्त्र,शस्त्र प्रहार गर्न थाले ।’

भगवानले उनीहरुमाथि बाणको वषर्ँ गरे, धेरै दैत्य मारिए । केवल मुर बाँचे । मुर भगवानसंग बिचलित नभइकन युद्ध गरिरह्यो । भगवानले जस्तो तीक्ष्ण बाण चलाए पनि उनको लागि पुष्प सिद्ध हुन्थ्यो । उनको शरीर छिन्न- भन्न भयो तर उसले युद्ध गरिरह्यो । दुवैबीच मल्लयुद्ध पनि भयो ।

१० हजार वर्षसम्म उनीहरुको युद्ध चलिरह्यो तर मुरको नाश भएन । थाकेर भगवान बदि्रको आश्रम गए । त्यहाँ हेमवती नामक सुन्दर गुफा थियो, त्यहा विश्राम गर्नको लागि भगवान त्यो गुफा भित्र प्रवेश गरे । यो गुफा निकै लामो थियो र यसको एउटा मात्रद्वार थियो । विष्णु भगवान त्यहाँ योगनिद्राको काखमा सुत्नु भयो ।

दैत्य मुर पनि भगवानको पछि पछि आएको थियो । उसले भगवानलाई सुतेकेा देखेर मार्नको लागि उद्यत भयो । त्यहि बेलामा भगवानको शरीरबाट उज्जवल, कान्तिमय रुप भएकी देवी प्रकट भइन् । ती देवीले राक्षस मुरलाई युद्धको लागि ललकारीन्, युद्ध भयो र देवीले मुरको नाश गरिदिन् ।

श्रीहरि जब योगनिद्राको काखबाट उठे, उनले सबै कुरा थाहा पाए र उनले ती देवीसंग भने-‘तपाईको जन्म एकादशीको दिन भएको छ, त्यसैले तपाईं उत्पन्न अर्थात उत्पत्ति एकादशीको नामले पूजित हुनु हुन्छ । तपाईको भक्तहरु मेरा पनि भक्त हुन्ोछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment