
नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठ फागुणमा बिहेको तयारीमा छन् । आँचल र उदिप प्रेम सम्बन्धमा रहेको १ बर्ष भयो । नायिका शर्माले उदिपसँगको प्रेमलाई लुकाउन चाहिनन् । यसैले, उदिपसँग भेट भएको केही समयमा नै उनले दुइको सम्बन्ध खुलाएकी थिइन् ।
आँचल र उदिप अहिले सामाजिक संजालमा प्रेम व्यक्त गरिरहेका छन् । एकले अर्काको तारिफ गर्नेदेखि प्रेममा डुबेका कुरा गर्न आँचल र उदिप अगाडि छन् । आँचल र उदिपको भेट एउटा कार्यक्रममा भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम सम्बन्ध हुँदै बिहेको तयारीमा छन् ।
आँचल भने उदिपसँगको प्रेमलाई ‘अनपेक्षित’ भन्न रुचाउँछिन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्–‘सबैभन्दा राम्रो प्रेम अनपेक्षित हुन्छ ।’ आँचल र उदिपको भेट संयोगमा भएको थियो । सायद, आँचल उदिपसँगको प्रेमलाई सबैभन्दा राम्रो भन्न खोजिरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4