Comments Add Comment

पद छाडेको दुई दिनमा प्रशिक्षकमा फर्किए म्याराडोना

६ मंसिर, काठमाडौं । अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाले पद छाडेको दुई दिनपछि जिम्नासिया क्लबको प्रशिक्षकमा फर्किएको घोषणा गरेका छन् ।

५९ वर्षीय म्याराडोनानले सामाजिक सञ्जालमार्फत क्लबमा फर्किएको घोषणा गरेका हुन् । क्लबमा बनेको राजनीतिक एकता कारण आफू प्रशिक्षकमा फर्किएको उनले बताए ।

१९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका म्याडारोनाल सेप्टेम्बरमा क्लबको प्रशिक्षक बनेका थिए । तर लिगको ८ मध्ये मात्र तीन खेल जितेर २२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment