Comments Add Comment

अब ट्याक्सीमा ‘सेडान’ गाडी अनिवार्य, विद्युतीयलाई पनि मान्यता

६ मंसिर, काठमाडौं । अब व्यवसायीले चाहेमा विद्युतीय ट्याक्सी पनि चलाउन पाउने भएका छन् । सरकारले जारी गर्न लागेको ट्याक्सीको नयाँ मापदण्डमा विद्युतीय गाडीलाई पनि ट्याक्सीका रुपमा मान्यता दिन लागिएको  हो । तोकिएको मापण्डभित्रका पेट्रोल गाडी पनि ट्याक्सीमा रुपमा प्रयोग गर्न सकिनेछ ।

अब आउने नयाँ ट्याक्सी सबै सेडान गाडी मात्रै हुनेछन् । यसअघि ह्याचब्याक गाडीलाई ट्याक्सीमा रुपमा प्रयोग गरिँदै आएकोमा अब सेडानलाई ट्याक्सी बनाउन लागिएको हो । सेडान केही लामा र भित्र धेरै खाली ठाउँ भएकाे गाडी हो । यसमा बुटस्पेस (डिक्की) पनि ठूलो साइजको हुन्छ ।  यसअघिका ह्याचब्याक ट्रयाक्सी छोटा र कम स्पेसियस छन् ।

यातायात व्यवस्था विभागले जारी गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  ट्याक्सीको मापदण्ड तयार गरिसकेको छ । गत मंसिर ३ गते मन्त्रालयले यो मापदण्ड जारी गर्न भन्दै विभागमा पठाएको छ ।

पेट्रोल गाडीतर्फ ट्याक्सीका लागि १२ सय सीसीको इन्जिन अनिवार्य गर्न लागेको नयाँ मापदण्डले विद्युतीयतर्फ ३९ किलोवाटको ट्याक्सी अनिवार्य गर्दैछ ।

विद्युतीय ट्याक्सीमा लिथियम आयोन ब्याट्री अनिवार्य गरिएको छ भने पेट्रोल तथा विद्युतीय दुबै ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी, डिजिटल मिटरसहितको प्रि न्टर, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिँदै छ ।

पेट्रोल ट्याक्सीतर्फ भने चार स्ट्रोकको सेडान कार अनिवार्य गरिएको छ । अब पेट्रोल ट्याक्सीमा कम्तिमा ३ सिलिन्डरको इन्जिन हुनपर्नेछ । अब नयाँ ट्याक्सी किन्दा मात्रै हैन, २० वर्ष पुगेर नयाँ सट्टा गर्दा पनि यही मापदण्डका ट्याक्सी किन्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment