Comments Add Comment

युवा संघले आफ्ना उम्मेदवारलाई दियो चुनाव प्रचार सामाग्री

धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार प्रकाश राईलाई चुनाव प्रचार सामाग्री हस्तान्तरण गर्दै युवा संघ संयोजक दीपशिखा ।

७ मंसिर, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुलाई चुनाव प्रचार सामग्रीहरु सहयोग गरेको छ । डिजिटल र छापा प्रचार सामग्रीहरु बनाएर नेकपाका उम्मेदवारहरुलाई सहयोग गरेको युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

‘सामाजिक सन्जाल केन्द्रित फोटो, भिडियो र उम्मेदवार केन्द्रित पोस्टर तथा स्टिकरलगायतका प्रचार सामाग्री बनाएर हाम्रा उम्मेदवारहरुलाई सहयोग गरेका छौं,’ उनले भने ।

कास्की क्षेत्रनम्बर २ मा यस्ता प्रचार सामग्री १६ हजार थान उपलब्ध गराइएको छ ।

यसैगरी दाङको क्षेत्रनम्बर ३ ‘ख’ मा १० हजार पोस्टर र दुई हजार स्टिकर तथा भक्तपुर क्षेत्रनम्बर २ ‘क’ मा पाँच हजार पोस्टर र पाँच हजार स्टिकर उपलब्ध गराइएको युवा संघले जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिकामा पाँच हजार स्टिकर, पाँच हजार पोस्टर, क्याप र ब्याच उपलब्ध गराइएको छ । पाँचथर, हुम्ला र महोत्तरीमा तीन-तीन हजार पोष्टर र स्टिकर उपलब्ध गराइएको युवा संघ अध्यक्ष सापकोटाले बताए ।

युवा संघले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आफ्नो पार्टीका सबै उम्मेदवारहरुलाई उपनिर्वाचनमा सघाउन किरण पौडेलको नेतृत्वमा केन्द्रीय चुनाव प्रचार प्रसार उपसमिति बनाएको छ । उपसमितिमार्फत निर्वाचन प्रचार सामग्री बनाउने र वितरण हुँदै आएको छ ।

सबै क्षेत्रमा युवासंघका नेताहरु चुनावी प्रचार अभियानमा खटिएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा जिल्ला पार्टीले नै युवा परिचालन गरेको छ । जसअनुसार कास्कीमा सुमन देवकोटा, दाङमा मनोहर बुढाथोकी, भक्तपुरमा दिनेश थपलिया, धरानमा पूर्ण भुजेलको नेतृत्वमा युवा टोली परिचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment