
७ मंसिर, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टीले शनिबार ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘नो रेसिजम’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । सभालाई सम्बोधन गर्दै राउतले रंगभेद रहेको बताए । ‘यहाँ रंगभेद हरेक पाइलापाइलामा छ’ उनले भने, ‘रंगभेद तपाईको मन, मस्तिस्क र मानसिकतामा छ ।’
सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आएका राउतले जनमत पार्टी बनाएका छन् र १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4