Comments Add Comment

बैरेनी बजारमा जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते

८ मंसिर, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ ।

नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ । २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

सडकको खाल्डो छल्न खोज्दा बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment