
फाइल फोटो
८ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. २ मा स्थानीयले बनाएको खोरमा एक चितुवा परेको छ । मझुवाओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनमा बनाएको खोरमा चितुवा परेको हो ।
स्थानीयले खोरमा बाख्रा राखेर पासो थापेका थिए । सो खोरमा वयस्क पोथी चितुवा परेको वडा अध्यक्ष अर्जुन खड्काले जानकारी दिएका छन् । यसअघि पनि वडा नं. २ र ३ मा राखिएको खोरमा ३ वटा चितुवा परेका थिए ।
भानु नगरपालिकाको वडा नं. १, २, ३ मा चितुवा आतंक छ । विगत डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच जना बालबालिकाले ज्यान गुमाइसकेका छन् भने ७ जना बालकालिका घाइते भएका छन् । चितुवा आतंक रोक्ने उपायअनुसार स्थानीय प्रशासनसँग मिलेर सामुदायिक वनहरुमा पासो राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4