Comments Add Comment

विराजको ‘साङ्लो’ अब विपिनको ‘सेल्फी किङ्ग’सँगै रिलिज हुने

फागुण ९ गते रिलिज हुने भनिएको नायक विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर भएको छ । अब, यो चलचित्र माघको २४ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माणपक्षले केही दिनमै पहिलो गीत रिलिज गर्ने तयारी गरेको छ ।

विराज भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा विराज र नायिका निकिता चण्डकको मुख्य भूमिका छ । चलचित्र ‘साङ्लो’को बिषयवस्तु खुलाइएको छैन । विराजले सामाजिक कथामा एक्सनले भरिपूर्ण चलचित्रको रुपमा ‘साङ्लो’लाई ब्याख्या गरेका छन् ।

चलचित्रको प्रदर्शन मिति माघको २४ गतेलाई तय गरेसँगै अब यो मितिमा रिलिज हुन लागेको नायक विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’लाई चुनौती थपिएको छ । ‘सेल्फी किङ्ग’को निर्माणपक्षले केही दिन अगाडि नै माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment