Comments Add Comment

‘थलाइवी’मा कंगनाको यस्तो अवतार

नायिका कंगना रनौत अभिनित चलचित्र ‘थलाइवी’को पोष्टर र टिजर सार्वजनिक गरिएको छ । तामिलनाडुकी स्वर्गिइ पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक कथामा यो चलचित्र निर्माण भएको छ ।

चलचित्रको फस्टलुक हेर्दा कंगनालाई चिन्न मुश्किल पर्छ । लामो समयदेखि यो चलचित्रको छायांकन भैरहेको छ । चलचित्रलाई सन् २०२० को जुन २६ मा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
यो चलचित्रलाई विजयले निर्देशन गरेका हुन् । चलचित्रलाई विष्णु इन्दुरी र शैलेस आर सिंहले निर्माण गरेका हुन् ।

तर, चलचित्रको यो पोष्टर सार्वजनिक भएसँगै यसलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ । धेरै दर्शकले कंगनाको रुपलाई खराब मेकअप भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment