Comments Add Comment

सल्लाको रुखको टुप्पोमा १० जना अटाउने घर

८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै निर्माण भएको ट्री–हाउसको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिका ७ को उनायचौरको सल्लाको रुखमा ट्री–हाउस निर्माण गरिएको ट्रीहाउसको प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरे ।

गत भदौ ३ गतेखि सञ्चालनमा आएको ट्री–हाउसमा करिब २० हजारले अवलोकन गरिसकेका छन् । ४२ फिट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय वटा सिँढी चढ्नुपर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । ‘ट्री हाउस’ मा चढ्न टिकट विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।

उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालय र उपभोक्ताको गरी १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो । ट्री–हाउस अवलोकनबाट लिइएको शुल्क झण्डै २ लाख रुपैयाँ पुगिसकेको छ । संकलित रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने आयोजकले जनाएको छन् ।

उनायचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राविधिक समस्या देखिएपछि सिमीचौरमा निर्माण भइरहेको छ । विमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् ।

ट्री–हाउसको अवलोकन गर्दै मन्त्री गिरीले प्रदेश ५ कृषि र पर्यटनबाट समृद्ध बन्ने बताए । पर्यटन क्षेत्रको विकास गर्न यसक्षेत्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment