Comments Add Comment

क्वीक्स कपको अन्तिम चरणका खेल शुरु

८ मंसिर, काठमाडौं । क्वीक्स कप अन्तर स्कुल राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चरणको खेल आइतबार शुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सैनिक आवासीय मावि र सुपर सेन्स इंगलिस बोर्डिङ स्कुलले गोलरहित बराबरी खेलेका छन्।

यस्तै दोस्रो खेलमा ओल्ड क्यापिटल सेकेण्डरी स्कुल र सगरमाथा सेकेण्डरी स्कुलले २-२ गोलको बराबरी खेलेका छन् ।

ओल्ड क्यापिटलका लागि सिशान्त परियारले २३ औं र वृत्तान्त आले मगरले ३७ औं मिनेटमा गोल गरे। सगरमाथाका लागि मनोज घिमेरेले २०औं र ज्ञानेन्द्र भण्डारीले ३९ औं मिनेटमा गोल गरे ।

यस्तै नारायण जनता स्कुलले भक्तपुर इंग्लिस स्कुललाई ९-० ले हरायो । नारायण जनता स्कुलका विश्वकुमार स्याङ्तान, दिलिप मोक्तान, प्रविनकुमार स्याङ्तानले २-२ गोल गरे भने सुरजकुमार शाह, निशाल गोले र दल खपाङ्गीले १-१ गोल गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको नेपालकै ठूलो युवा फुटबल प्रतियोगिताको अन्तिम चरणमा १६ पुरुष र १२ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फको खेल डिसेम्बर ६ देखि १३ सम्म हुनेछ ।

दुवैतर्फको विजेताले समान ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment