Comments Add Comment

कर्मचारी साक्षी राखेर लेखराज भट्टलाई मातृका यादवको ब्रिफिङ

८ कात्तिक, काठमाडौं । निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूलाई पदस्थापन गरेर मन्त्रालय सम्हालेका नवनियुक्त मन्त्री लेखराज भट्टलाई भेटेर बधाई एवं शुभकामना दिएका छन् । मन्त्री भट्टलाई भेट्न निवर्तमान मन्त्री यादव आइतबार मन्त्रालय पुगेका थिए ।

एउटै राजनीतिक लक्ष्य लिएर हिँडेको व्यक्तिको उदेश्य समान हुने भन्दै यादवले मन्त्री परिवर्तन भाई गएर दाई आए जस्तो भएको बताएका थिए । मन्त्री भट्टको कार्यकालमा आफूले पूर्ण सहयोग गर्ने वचन दिँदै निर्वातमान मन्त्री यादवले केहीबेर सचिवसहित कर्मचारीहरु राखेर नवनियुक्त मन्त्री भट्टसँग छलफल गरेका थिए ।

भेटमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यादवको कार्यकालमा भएका जनपक्षीय निर्णयहरु अक्षरस कार्यान्वयन गरिने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment