+
+
Shares

नाला बनाउन खटाइएका तीन बालकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १९:१९

८ मंसिर, वीरगञ्ज । सडकको नाला बनाउने काममा खटाइएका तीन बालकको वीरगञ्जमा उद्धार गरिएको छ । वीरगञ्ज महानगरपालिका २४ रामगढवामा नाला बनाउने काममा खटाइएका तीन जना बालकको नगर प्रमुख विजय कुमार सरावगीसहितको टोलीले उद्धार गरेको हो ।

भारतको बिहार राज्य अन्तर्गत गंगापुर भेलाही घर भएका १४, १५ र १६ बर्षका बालकलाई ठेकेदारले सडक  बनाउने काममा खटाएको स्थानबाटै उद्धार गरिएको वीरगञ्ज महानगरपालिकाका बालमैत्री फोकल पर्सन मुकेश गुप्ताले जानकारी दिए ।

उनीहरूलाई उद्धार गरेर महानगरपालिका र आवर संसारद्वारा सञ्चालित बाल हेल्पलाइनमा राखिएको छ । उनीहरूको अभिभावक खोजेर जिम्मा लगाउने महानगरपालिकाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?