Comments Add Comment

एन्ड्रोइड फोनलाई एप्पलले के गर्छ ?

एप्पल कम्पनीले आफ्ना आइफोनको प्रतिस्पर्धी एन्ड्रोइड फोनहरुलाई के गर्छ होला ?

एप्पल कम्पनीका सीइओ टिम कुकुले हालै यस विषयमा निकै घतलाग्दो तथा मुखभरिको जवाफ दिएका छन् ।

अमेरिकाको सनफ्रान्सिस्कोमा हालै अयोाजित सेल्सफोर्स कम्पनीको ड्रिमफोर्स २०१९ नामक सम्मेलनका क्रममा उनले एन्ड्रोइड फोनप्रति निकै रुखो तथा पेचिलो व्यवहार प्रदर्शन गरे ।

छलफल सत्रका क्रममा दर्शकहरुलाई कुकले सोधे, ‘तपाइँहरुमध्ये को को सँग आइफोन छ ?’

त्यसपछि उनले ठट्यौली पारामा भने, ‘यदि तपाइँहरुसँग एन्ड्रोइड फोन छ भने हामीले त्यसलाई एप्पल स्टोरमा रिसाइकल गरिदिन्छौँ ।’

त्यसक्रममा उनले एप्पलका डिभाइस प्रयोग गरेकोमा दर्शकहरुलाई धन्यवाद दिए ।

सफ्टवेयर कम्पनी सेल्सफोर्सका सीईओ मार्क बेनिओफसँगै छलफल सत्रमा सहभागी भएका टिम कुक आविष्कार, डाटा गोपनियता, आर्टिफिसियल इन्टेलिजेन्स, वातावरण तथा एप्पलका संस्थापक स्टिभ जब्ससँगको आफ्नो सम्बन्ध लगायतका बारेमा बोलेका थिए ।

स्मरण रहोस्, एप्पलको प्रतिद्वन्द्वी गुगलको एन्ड्रोइडविरुद्ध जब्सले खरो टिप्पणी गरेको यो पहिलोपटक होइन । यसअघि उनले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विषयमा फेसबुक तथा गुगलको तिव्र आलोचना गरेका थिए ।

छलफलका क्रममा उनले गोपनीयता मानिसहरुको आधारभूत अधिकार रहेको भन्दै उपभोक्ताले प्रयोग गर्ने कुनै पनि प्रडक्टको निर्माण तथा विकासमा गोपनीयता संरक्षणलाई अंगीकार गर्नुपर्ने बताए ।

इन्नोभेसन अर्थात् उन्नयन भनेको केवल चिजहरुलाई परिवर्तन गर्नुमात्र नरहेको भन्दै उनले भने ‘इन्नोभेसन भनेको चिजलाई विद्यमानभन्दा राम्रो बनाउन सक्नु नै हो । इन्नोभेसनले फगत परिवर्तन भन्दा निकै गहिरो सोचको खोजी गर्दछ ।’

इन्नोभेसन एप्पलको सेक्रेट भएको उनको भनाइ छ ।
एजेन्सकिो सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment