+
+

मन्दिरको धर्मशालामा युवक मृत भेटिए  

रासस रासस
२०७६ मंसिर ९ गते १२:२०

९ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा सोमबार बिहान एक युवक मृत भेटिएका छन् ।

नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सोमबार बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?