Comments Add Comment

मरिचिका र मैदारो पुरस्कृत

चितवन साहित्य समाजले आफ्नो १७ औं वाषिर्कोत्सवको अवसरमा कथाकारहरुलाई सम्मान गरेको छ । समाजले शनिबार चितवनको सौराहामा आयोजित एक विशिष्ट कार्यक्रमकाबीच कविडाँडा  विशिष्ट सम्मानद्वारा उनीहरुलाई सम्मानित गरिएको हो । सो कार्यक्रममा कथाकारहरू उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई यो सम्मानद्वारा सम्मानित गरिएको हो ।

त्यस्तै, कथाकार महेश थापालाई उनको कथाकृति ‘मरिचिका’ का लागि ‘उत्कृष्ट आख्यान पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको हो । यसै वर्ष स्थापना गरी पहिलोपल्ट वितरण गरिएको यस पुरस्कारको राशि २५ हजार एक सय ६० रुपैयाँ रहेका छन् । यसैगरी अविनाशी उत्कृष्ट पुस्तक पुरस्कारबाट आख्यानकार भूपिनलाई सम्मानित गरिएको छ । नगद राशी १० हजार एक सय ६० रुपैयाँ सहितको सो पुरस्कार उनको उपन्यास “मैदारो” का लागि प्रदान गरिएको हो ।

स्थानीय साहित्यकार इन्द्र रेग्मीलाई ‘देवखिना स्मृति पुरस्कार’ सम्मानित गरिएको छ । यस पुरस्कारको राशी ११ हजार एक ६० रुपैयाँ रहेको छ । समाजले आयोजना गरेको ‘कवि डाँडा राष्ट्रिय कथा प्रतियोगिता-२०७६’ को नतिजा पनि यसै अवसरमा घोषणा गरिएको छ ।

यसमा कथाकार पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो घोषित भए । यी पुरस्कारहरुको राशी क्रमशः १० हजार एक ६०, ७ हजार ५ सय ६० र ५ हजार ६० नगद राशी रहेको छ ।

कवि डाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरी प्रमुख अतिथि थिइन् । कार्यक्रमको उद्घाटन शत्रमा ‘आधुनिक कथाको वैश्विक परम्परा र नेपाली कथा’ विषयमा  मन्तव्य राख्दै समालोचक महेश पौड्यालले कथा कुनै पनि समुदायको सुरक्षा कवच भएको बताए ।

साहित्यकार अश्विनी कोइरालाद्वारा सञ्चालित परिचर्चामा ‘नेपालीकथा : परम्पराको भार कि प्रयोगवादको शिकार” विषय उठान गरेका थिए । त्यस्तै, साहित्यकारहरू भागिरथी श्रेष्ठ, नारायण ढकाल, जलेश्वरी श्रेष्ठ तथा नयनराज पाण्डेले आˆना अभिमत राखे । उनीहरूले कथाले परम्पराबाट धेरै कुरा अंगिकार  गरे पनि आफूलाई सान्दर्भिक बनाइरहन नूतन प्रयोग गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बनाइन् । आफ्नै कथाकारितालाई उदाहणको रूपमा प्रस्तुत गर्दै उनले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति मात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment