Comments Add Comment

झ्याल फोडेर भागे सुधार गृहका दुई बन्दी

९ मंसिर, विराटनगर । बाल सुधार गृह विराटनगरा रहेका दुई जना बालक सुधार गृहको तेस्रो तल्लाबाट हाम्फालेर भागेका छन् ।

सोमबार बिहान जरवस्ती करणी मुद्दा र ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका १६ र १७ वर्ष उमेरका बालक गृहको झ्याल फोडेर भागेका हुन् ।

सुधार गृहमा जम्मा ५० जना बालक अटने क्षमता छ । तर, गृहमा १४८ बालक छन् । गृहको मनोरञ्जन कक्षमा बसेका बालकहरु बिहानको राति झ्यालबाट कारागार बाहिर हाम्फालेर भागेका हुन् ।

भाग्नेहरुमा झापा गौरदह नगरपालिका -११ का १६ वर्षीय बालक र मोरङ सुन्दरहरैचा- ७ का १७ वर्षीय बालक छन् ।

१६ वर्षीय बालकलाई झापा अदालतको २०७६ साउन १६ गते ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो ।

१७ वर्षीय बालकलाई मोरङ अदालतले २०७६ असार ५ गते करणी मुद्दामा सुधार गृहमा राख्ने आदेश दिएको थियो ।

बालकको संख्या अनुसार सुधार गृहको क्षमता नभएका कारणले दुई बालक भागेको सुधार गृहका इञ्चार्ज मिलन चौलागाईले बताए ।

उनका अनुसार भागेका बालक सुधार गृहका हर्ताकर्ता थिए । सुधारगृह प्रशासनले सुधार गृहको भित्री काममा उनीहरुलाई नै प्रयोग गथ्र्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment