Comments Add Comment

उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ

९ मंसिर, काठमाडौं । सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी पोखरेलले जानकारी दिए । त्यसमध्ये ३ जनाले आफूहरु केन्द्रीय सदस्य रहेको बताएको उनले बताए ।

पक्राउ परेका सबैलाई सोमबार म्याद थप गरी अभद्र व्यवहार र निर्वाचन ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले जानकारी दिए ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले उपचुनावको मिति घोषणा भए लगत्तै वक्तव्य जारी गरी बहिष्कार गर्ने चेतावनी दिएको थियो । देशभक्त जनगणतन्त्र मोर्चा पनि सोही पार्टीको हो ।

यही मंसिर १४ गते धरान उपमहानगरपालिकाको मेयर र एक वडाध्यक्ष पदका पनि लागि चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment