+
+

भीरबाट लडेर मकवानपुरमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते ११:०३

१० मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर १ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ३२ वर्षीय सुरेश थापा मगर छन् । मगर बा २० च ५९३९ नम्बरको बोलेरोका चालक हुन् । प्रहरीका अनुसार, मकवानपुरबाट माछा बोकेर काठमाडौं जान लागेका उनी शौचका लागि भीरमा गएका थिए ।

इन्द्रसरोवर गाउँपालिका–१, मार्खुका मगरको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?