Comments Add Comment

सागको आर्चरीमा भारत पनि सहभागी हुने

१० मंसिर, पोखरा । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आर्चरीमा भारत पनि सहभागी हुने भउको छ ।

अन्तिम समयमा भारत सहभागी हुने भएको हो । ‘पहिले भारत आर्चरीमा सहभागी नहुने भनेको थियो । तर, अन्तिम समयमा आएर सहभागी भयो,’ १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले भने, ‘आर्चरीका लागि ८ पुरुष र ८ महिला खेलाडी भारतबाट आउने भएका छन् ।’

आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यससँगै पोखरामा हुने ८ खेलमा ८ सय ४० खेलाडी सहभागी हुने भएका छन् ।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको संख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३ सय २९ जना पुरुष खेलाडी सहभागी हुने छन् ।

१ सय ५२ पदकका लागि प्रतिस्पर्धा 

मंसिर १५ गतेदेखि २५ हुन लागेको १३ सागमा खेलअन्तर्गत पोखरामा हुने तय भएका खेलमा कुल १ सय ५२ वटा पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । १३ औं सागको ८ खेलमध्ये आर्चरीमा ३०, ब्याड्मिन्टनमा २८, महिला क्रिकेटमा ४, महिला फुटबलमा ३, ह्यान्डबलमा ६, ट्रायथोलन १५, बिच भलिबल ६, भारात्तोलनमा ६० गरी १ सय ५२ वटा पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।

खेल आउन ५ दिनमात्रै बाँकी छँदा पूर्वाधार निर्माण कार्य तीब्र बनाइएको छ । सबै खेलका पूर्वाधार निर्माण कार्य ९५ प्रतिशत पूरा भएको राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए ।

पोखराबाहेक काठमाडौं र जनकपुरमा गरी सञ्चालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment