+

जथाभावी ब्युटी प्रोडक्टको प्रयोग : नपुंसकतादेखि क्यान्सरसम्मको जोखिम

२०७६ मंसिर  १० गते १३:४७ २०७६ मंसिर १० गते १३:४७
जथाभावी ब्युटी प्रोडक्टको प्रयोग : नपुंसकतादेखि क्यान्सरसम्मको जोखिम

अहिले बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन् । छाला चम्काउन होस् वा कपाल बाक्लो बनाउन, ओंठलाई मुलायम बनाउन होस् वा अनुहारको दागधब्बा मेट्न, चाहेजति र खोजेजस्तै सौन्दर्य प्रशाधन पाइन्छ । तर, आफुलाई सुन्दर बनाउन प्रयोग गरिने सौन्दर्य प्रसाधनले कुरुप पनि बनाउन सक्छ । किनभने बजारमा त्यस्ता कमसल सौन्दर्य प्रसाधन पनि छ्यापछ्याप्ती छन्, जसको प्रयोग उपयोगी हुँदैन ।

टाउको दुख्नु

तपाईंलाई राम्रो बनाउने कस्मेटिकका कारण तपाईंलाई टाउको दुख्ने समस्या उत्पन्नहुनसक्छ भन्ने कुरा तपाईंले कहिल्यै सोच्नु भएको छैन होला । केही त्यस्ता रसायनहरु छन्, जस्तै डाइजोलिडिनाइल र डीएमडीएम हाइडि्ररेशनको प्रयोग सौन्दर्य प्रसाधनहरुमा धेरै भएको हुन्छ । त्यसैले यो टाउको दुखाई र आँखा पोल्ने जस्ता समस्याका कारण बन्न सक्छ । यदि तपाईंलाई मेकअप गर्दा त्यस्ता लक्षण देखिन्छ भने केही दिन मेकअप गर्नुहुँदैन ।

कपालको समस्या

लामो, कालो कपालले तपाईंको सुन्दरतालाई सुनमा सुगन्ध भरिदिन्छ । त्यसैले हामी कपालको हेरचाहका लागि विभिन्न किसिमका स्याम्पु, सीरम, तेल, कन्डिसनर र जेल प्रयोग गर्छौं । यी सबैले तपाईंलाई चाहे अनुरुप सौन्दर्य त प्राप्त हुन्छ । तर, चाया, कपाल र्झने र पातलो हुने जस्ता समस्याहरु पनि उत्पन्न हुन थाल्छ । लामो समयसम्म कलर गर्नाले कपाल खैरो हुन थाल्छ । त्यसैले यसलाई राम्रो राख्नका लागि ब्रान्डेड उत्पादनलाई नै छनोट गर्नुपर्छ ।

डन्डिफोर (एक्ने)

एक्ने अर्थात् डण्डिफोर हाम्रो सुन्दरताको सबैभन्दा ठूलो दुस्मन हो । हाम्रो अनुहारको छालाले पनि अरु अंगका छालाहरुले जस्तै सास फेर्छन् । हामीले अनुहारमा लगाएको कि्रम अथवा लोसनले हाम्रो रोम छिद्र बन्द हुन्छ । जसका कारण हाम्रो छालाले सास फेर्न सक्दैन । जसका कारण डण्डिफोरको समस्या उत्पन्न हुन्छ । त्यसैले सधैं राति सुत्नुभन्दा अगाडि मेकअप हटाएर मात्र सुत्नु पर्छ । जति थाके तापनि आफ्नो अनुहार सफा गर्न बिर्सनुहुँदैन ।

स्किन एलर्जी

सौन्दर्य प्रशाधन तथा कस्मेटिकलाई धेरै समयसम्म उपयोगी बनाउनका लागि त्यसमा विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिन्छ । पेराबिन्स, जुन प्रायः ब्यूटी प्रसाधनहरुमा प्रयोग हुन्छ । यदि तपाईंको छाला संवेदनशील छ भने सौन्दर्य प्रसाधन छनोट गर्नु अगाडि यसमा पेराबीनको स्तर जाच्नु पर्छ ।

आँखामा हुने समस्या

आँखा र ओठको मेकअपले नै सम्पूर्ण अनुहारलाई आकषिर्त बनाउँछ । आँखा वरपरको भाग अति नै संवेदनशील हुन्छ । त्यसैले आँखाको मेकअप गर्दा अथवा आँखामा केही लगाउँदा सावधानीपूर्वक लगाउनुपर्छ । मस्काराले आँखालाई आकर्षक बनाउँछ । तर, यसको अत्यधिक प्रयोगले छालालाई नराम्रो असर पार्छ । चिलाउने र इन्फेक्सनको समस्या पनि हुन्छ ।

इनफर्टिलिटी

हामीलाई ताजापनको अनुभव गराउने पफ्र्यूमको कण हाम्रो छालामा टाँसिन्छ । जसका कारण रिप्रोडक्टिभ अग्र्यान प्रभावित हुन्छ । यसले नपुंसकताको समस्या पनि हुन सक्छ । त्यसैले समयमा ध्यान दिनुपर्छ र यस्ता उत्पादनहरुको धेरै प्रयोग गर्नुहुदैन ।

चाउरीपना र चाया

लामो समयसम्म कस्मेटिकको प्रयोग गर्नाले केवल हाम्रो छालालाई मात्र नोक्सान पुर्‍याउँदैन । यसले समयभन्दा अगाडि नै बुढो पनि देखाइदिन्छ  । मेकअप गरेर ती कमीहरुलाई हटाउन त सकिन्छ । तर, मेकअपले यो समस्यालाई झन् बढाइदिन्छ ।

हार्मोन्समा पनि असर

हाम्रो शरीरको एन्डोक्राइन सिस्टम कस्मेटिकको अत्याधिक उपयोगका कारण गडबढ हुन्छ । ट्राइक्लोसन जुन एक्ने रिमूवल क्रिममा समावेश भएको हुन्छ । त्यसले हाम्रो शरीरमा टाँसिएको थाइराइडलाई प्रभावित गर्छ । जसका कारण टाउको दुख्ने, वजन बढ्ने र अवसाद जस्ता समस्याहरु उत्पन्न हुन थाल्छ ।

क्यान्सर

तपाईंले प्रयोग गर्ने कस्मेटिकले तपाईंलाई क्यान्सर जस्तो भयानक रोग पनि लाग्न सक्छ भन्ने सुन्दा आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यसो त धेरै कस्मेटिक बनाउने कम्पनीहरुले आफ्नो प्रोडक्टलाई राम्रोसँग जाँच गरेर मात्र बजारमा ल्याउने गर्छन् । तर, त्यसलाई लामो समयसम्म प्रयोग गर्नु उचित हुँदैन । ब्रान्डेड उत्पादनहरु एक्स्पायरी डेटसहित आउँछन् । डेट गएको उत्पादनको प्रयोग बिर्सेर पनि गर्नुहुँदैन ।

कालो दाग

छाला सम्बन्धी समस्याहरुबाट बच्न सिधा र सरल उपाय भनेको तपाईंले प्राकृतिक, हर्बल र राम्रो ब्राण्डका रसायनरहित कस्मेटिक मात्र छनोट गर्नुपर्छ साथै इन्ग्रेडिएन्ट्सको जाँच गर्न बिर्सनुहुँदैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?