Comments Add Comment

वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुको निधन

१० मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ ।

लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको पुष्टि गरे ।

निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment