+
+

मेडिकल कलेजविरुद्धको कारबाहीबारे शिक्षा मन्त्रालयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १७:२०
फाइल तस्वीर ।

१० मंसिर, काठमाडौं । मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान दोहोर्‍याएपछि अगामी कदमबारे सरकारले छलफल सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी छन् ।

सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । तर मंगलबार मेडिकल कलेज सञ्चालकहरुले शुल्क फिर्ता नगर्ने अडान राखेका छन् ।

यसअघि पनि सरकारले मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको थियो । फिर्ता नगरे ठगी मुद्दा लगाउने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?