Comments Add Comment

लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ : केसी

१० मंसिर, पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् ।

पोखराको भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण यो ब्यवस्था जोगाउने दायित्व फेरि कांग्रेस कै भएको बताए ।

१४ मंसिरमा हुने उपनिर्वाचनलाई लोकतन्त्र पक्षधर र निरंकुशता पक्षधरहरुको मिनि जनमत संग्रहका रुपमा समेत लिइएको नेता केसीको भनाइ छ । `यो उप निर्वाचन निरंकुशता पक्षधरलाइ रोज्ने कि लोकतन्त्र पक्षधरलाइ रोज्ने भन्ने सवालमा महत्वपूर्ण छ, यसलाई लघु जनमत संग्रहका रुपमा लिनु पर्दछ ।´ केसिले भने ।

उनले वर्तमान सरकारका कारण लोकतान्त्रिक ब्यवस्था र पद्धति नै धरापमा पर्ने अवस्था आएको भन्दै ब्यवस्था जोगाउन र पद्धति टिकाउन पनि कांग्रेसको दायित्व बढेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment