+
+

भक्तपुर क्यान्सर अस्पताल : पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते ८:३०

११ मंसिर, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ ।

समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टरमा डा. अजयकुमार झालाई नियुक्त गरेको थियोे ।

जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?