Comments Add Comment

दक्षिणपूर्व एसियन रिपब्लिकन क्लबको अध्यक्षमा देवी डेविड आचार्य

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा पहिलो पटक दक्षिणपूर्व एसियन रिपब्लिकन क्लब स्थापना भएको छ । क्लबको अध्यक्ष पदमा टेक्सासको ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य निर्वाचित भएका छन् ।

उक्त क्लबको गठन औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन भएको हो । अमेरिकामा बसोबास गर्दै आएका दक्षिणपूर्व एसियनहरुको प्रयासबाट उक्त क्लब स्थापना सम्भव भएको हो ।

क्लबको मुख्य उद्देश्य भनेको अमेरिकन नागरिक जसले अमेरिकी रिपब्लिकन दलका सिद्धान्तप्रति विश्वास गर्ने र रुढिवादी मूल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टीका उम्मेदवार भएमा यसका सदस्यहरु एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनेसमेत जनाएको छ ।

मूलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण हाम्रो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले बताए । आचार्यले भविष्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी गराएका छन् ।

हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी, महासचिवमा कमल शर्मा छन् । यसैगरी सञ्चालक समिति सदस्यको सभापतिमा शंकेश सुवेदी र जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् ।

उक्त क्लब गठन हुँदा रिपब्लिकन दलका विधायक, न्यायाधीश, नगर प्रमुख लगायत नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा आएका दक्षिणपूर्व एसियनहरुले क्लबमा प्रवेश गर्ने इच्छा व्यक्त गरेको जानकारी आचार्यले दिए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment