+
+

गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते ८:२५

११ मंसिर, गुल्मी । गुल्मीमा गएराति जिप दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

दुर्घटनामा सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । घाइते चारै जनाको उद्धार गरेर पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?