Comments Add Comment

जाडोलाई स्वागत गर्न तयार छैनन् अदिती

इन्स्टाग्रामकी हट सुन्दरी हुन्, अदिती वुढाथोकी । इन्स्टाग्राममा विभिन्न व्रान्डका विज्ञापन पोष्ट गरेर पनि उनले राम्रै आम्दानी गरिरहेकी छिन् । उनै, अदिती पछिल्लो केही समयदेखि भने एक बलिउड र्यापरसँगको प्रेमका कारण चर्चामा छिन् । तर, अदितीले भने आफू अहिले प्रेममा नरहेको तर्क गरेकी छिन् ।

उनै, अदितीले सामाजिक संजालमा हट तस्वीर पोष्ट गर्दै आफू जाडो महिनाका लागि तयार नभएको उल्लेख गरेकी छिन् । अदिती अझै पनि बाक्लो लुगा लगाएर हिड्न तयार छैनन् । उनको सामाजिक संजाल सधै नै गर्मिलो तस्वीरका कारण गर्मिएको हुन्छ । उनको यो कुराबाट पनि वुझिन्छ कि, अदितीलाई जाडो महिना मन पर्दैन ।

तर, काठमाण्डौलाई चिसोले छोइसक्दा थाइल्याण्ड पुगेकी अदिती भने जाडोलाई स्वागत गर्न आफू तयार नभएको बताइरहेकी छिन् । नेपाली चलचित्र ‘कृ’मा काम गरेपछि अदितीले दोश्रो चलचित्र साइन गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment