Comments Add Comment

सुर्खेतमा कृषि जेटिएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, ३३ घाइते

११ मंसिर, काठमाडौं । पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ ।

जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले जानकारी दिए ।

घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको छ ।

विद्यार्थीहरु ट्रयाक्टरमा बसेर मौरी पालनको अध्ययन गर्न जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment