+
+
Shares

जापानमा साम्राज्ञीको ‘जादु’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १५:४८

भलै, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा पपुलर नायिकाको अवार्ड जितेर पनि त्यसलाई सामाजिक संजालमा राख्न जरुरत ठानिन् । तर, उनी जापानमा भने आफ्नो जादु छर्न सफल छिन् ।

साम्राज्ञीले अवार्डको तस्वीर किन सामाजिक संजालमा पोष्ट गर्न चाहिनन् यो उनले नै जान्ने कुरा हो । उनले अवार्ड जितेको तस्वीर उनकी आमाले सामाजिक संजालमा भने पोष्ट गरेकी थिइन् ।

साम्राज्ञी हाल जापानमा छिन् । उनले, आफ्नो इन्स्टाग्राममा राखेको तस्वीरले पनि उनी होलिडे रमाइलोसँग बिताइरहेकी छिन् भन्ने थाहा हुन्छ ।

अवार्ड समारोहको तस्वीर नराखेपनि उनले अवार्डमा लगाएको पहिरनमा सजिएको तस्वीर भने पोष्ट गर्न भ्याएकी छिन् । उनले, ‘जापानको म्याजिक’ भन्दै तस्वीर शेयर गरेको देख्न सकिन्छ ।

नायिकाले अहिले नयाँ चलचित्र साइन गरेकी छैनन् । यो बर्ष उनी अभिनित चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ बक्स अफिसमा कमजोर देखिएको थियो । उनले, नायक प्रदिप खड्कासँग नयाँ चलचित्रमा काम गर्ने चर्चा भने छ । साम्राज्ञी २ चलचित्रमा काम गरेपछिको समयलाई विन्दास तरिकाले बिताइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?