Comments Add Comment

ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापक थुनिए

फाइल फोटो ।

११ मंसिर, वीरगञ्ज । अनियमित ढंगले क्याम्पसमा प्राध्यापक नियुक्ति गरेको भन्दै विद्यार्थीहरुले वीरगञ्जको ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापकहरुलाई बुधबार बैठक कक्षमा नै थुनेका छन् ।

क्याम्पसमा अनियमित ढंग बाट प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियुले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् । विद्यार्थीहरुले तीनै जना प्राध्यापकहरुलाई करिब एक घण्टा बैठक कक्षमा नै थुनेका थिए ।

समाजशास्त्र संकायमा जनशक्ति हुँदाहुँदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरी ढंगबाट भर्ना खोलेर प्राध्यापक नियुक्त गरेको विद्यार्थीहरुको आरोप छ ।

मुलुकको दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा समेत नातावाद र कृपावाद गर्नु जायज नभएकोले क्याम्पस प्रशासनको मनोमानी रोक्न विरोध गरिएको अनेरास्ववियुका नेता संदीप विक्रम साहले बताए । अनियमित ढंगबाट भएको नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने साहले बताए ।

अनेरास्ववियुसँगै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघ र समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियनले पनि क्याम्पसमा तालाबन्दी गरेका छन् ।

यसैबीच क्याम्पसमा उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार नै सरोकारवालाको सहभागितामा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment