+

साग खेलकुदः पुरुष भलिबलमा बंगलादेशसँग हार्‍यो नेपाल

२०७६ मंसिर  ११ गते २१:२४ २०७६ मंसिर ११ गते २१:२४
साग खेलकुदः पुरुष भलिबलमा बंगलादेशसँग हार्‍यो नेपाल

११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपालले खराब सुरुवात गरेको छ ।

बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-२ को सेटमा पराजित भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिसमा नै पटकपटक त्रुटि गर्न पुगेको थियो ।

पहिलो सेट २५-२१ ले जितेको नेपाल दोस्रो सेटमा २५-२३ ले गुमाउन पुग्यो । तेस्रो सेटमा बंगलादेशलाई हावी भएको नेपालले २५-१९ को जित निकाल्यो तर निकै प्रतिस्पर्धात्मक चौथो सेट २४-२६ ले गुमाउन पुग्यो ।

अन्तिम सेटमा सुरुमा नै बंगलादेश हावी भयो र त्यसकै बलमा १५-१२ ले जित्दै बंगलादेशले पहिलो जित निकाल्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय