Comments Add Comment

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातेदारको स्वास्थ्य परीक्षण हुँदै

भारतीय राजपत्र भन्छ–लिम्पियाधुरा नेपालकै

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, बस दुर्घटना, नेपाल–भारत सीमा विवादका समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूर्ण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार, एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ ।

प्रधानमन्त्री ओलीकाे पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजी भइरहेको अर्को खबर पनि कान्तिपुरमा छ ।

कान्तिपुर लेख्छ– नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएअनुसार, ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्ष मुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ ।

अन्नपूर्णले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको खबरसँगै लिम्पियधुराबारे भारतीय राजपत्रमा उल्लेख विषयलाई पनि आज उठाएको छ । अन्नपूर्णका अनुसार भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै भएको उल्लेख छ ।

गोरखापत्रमा पारवहन सन्धिमा जलमार्ग समेटिन लागेको खबर छ भने राजधानीले कर्मचारी नियन्त्रण गर्ने सरकारी तयारीबारे मुख्य समाचार बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment