Comments Add Comment

च्याम्पियन्स लिगमा डर्टमण्डलाई हराउँदै बार्सिलोना नकआउट चरणमा

जर्मन क्लब लेइपजिग पनि अन्तिम १६ मा

१२ मंसिर, काठमाडौं । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा ३४ फरक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गर्दा स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नटआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि मेस्सीले १ गोल गरे भने अर्को १ गोलका लागि सहयोग गरे ।

मेस्सीले बार्सिलोनाको लागि ७ सय पटक खेल खेल्दै गोल गरेका हुन् ।

डर्टमण्डका लागि युलियन ब्राण्डले १ गोल फर्काए । जितपछि ५ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्ने पक्का भएको छ । समान खेलबाट डर्टमण्डको ७ अंक छ । यस्तै सिल्भिया प्रागलाई ३–१ ले नै पराजित गरेको इटालियन क्लब इन्टर मिलानको पनि ७ अंक नै छ । इन्टरका लागि लाउटारो मार्टिनेजले २ तथा मेलु लुकाकुले एक गोल गरे । अब इन्टर र डर्टमण्डमध्ये एक क्लब बार्सिलोनासँग नकआउट चरणमा पुग्नेछ ।

अब समूहको अन्तिम खेलमा इन्टरले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ भने डर्टमण्डले प्रागसँग खेल्नेछ ।

जर्मन क्लब लेइपजिग पनि अन्तिम १६ मा

यसैगरी, जर्मन क्लब रासेनबल लेइपजिग पनि नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गतको खेलमा इमिल फोसवरगले अन्तिम समयमा दुई गोल गरेपछि वेनफिका विरुद्ध पुनरागमन गर्दै २–२ को बराबरी खेलेको लेइपजिगले एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाएको हो ।

लेइपजिगको ५ खेलबाट १० अंक छ । यसै समूहको अर्को खेलमा जेनिथ सेन्ट पिटर्सवर्गले लियोनलाई २–० ले पराजित गरेको छ । जेनिथ र लियोन दुवैको समान ७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment