Comments Add Comment

जाडोमा अदुवा : कति रोगका लागि हानिकारक

जाडो मौसममा अदुवाको सेवन गर्नु अति नै फाइदाजनक हुन्छ । यसले शरीरलाई तातो बनाउनुको साथै रुघा-खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ ।

अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन । त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । आज हामी त्यस्ता रोगहरुको बारेमा चर्चा गर्ने छौं, जसमा अदुवाको सेवनले नोक्सान पुर्‍याउन सक्छ ।

औषधि खाने व्यक्तिहरुका लागि

हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा-ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

गर्भधारणमा अदुवाको सेवन हुन सक्छ खतरनाक

गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन । सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान पुर्‍याउन सक्छ । बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ । यो समयमा अदुवाको सेवन गर्नाले पि्रम्याच्योर डेलिभरी र लेबर हुने खतरा हुन्छ ।

पित्तको पत्थरी भएकाहरुका लागि

पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ । वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ । पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ । त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन ।

अपरेशन गरेका व्यक्तिहरुका लागि

यदि तपाइर्ं कुनै अपरेसन गर्दै हुनुहुन्छ भने तपाइर्ंले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ । जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन । सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ ।

दुब्लो मानिसका लागि

यदि तपाईं दुब्लो-पातलो हुनुहुन्छ भने अदुवाको सेवन तपाइर्ंका लागि हानिकारक हुन्छ । किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ । जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ । यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ ।

रगत सम्बन्धी समस्या हुनेहरुका लागि

जुन व्यक्तिमा रगत विकारको समस्या हुन्छ । ती व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ । यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment