Comments Add Comment

ट्रोलको शिकार भएपछि यसो भन्छन् अर्जुन

नायक अर्जुन कपुरका चलचित्र बक्स अफिसमा खासै हिट छैनन् । बरु, उनी नायिका मलाइका अरोरासँगको प्रेमका कारण बढी चर्चामा छन् । उनै, अर्जुनले अभिनय गरेको चलचित्र ‘पानीपत्त’ रिलिजको तयारीमा छ । ऐतिहासिक कथामा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि अर्जुनको मजाक उडाइएको छ ।

यो भूमिकामा अर्जुन कत्ती पनि फिट नभएको भन्दै उनको ट्रोल भैरहेको छ । यो चलचित्रमा उनी मराठाका योद्धा सदासिव रावको भूमिकामा देखिदैछन् ।

यो भूमिकामा व्यापाक ट्रोल भएपछि अर्जुन भन्छन्–‘तपाई मेरो मजाक बनाउन सक्नुहुन्छ, किनकी आज म यहाँ छु तर भोली नहुन पनि सक्छु । तर, यो चलचित्रको तपाई मजाक बनाउनुहुन्छ भने भारतका लागि आफ्नो जीवन नै बलिदान गर्ने शहिदहरुको तपाई मजाक उडाउँदै हुनुहुन्छ ।’

उनले अगाडि भनेका छन्–‘मैले आजसम्म सुभाषचन्द्र बोसको ट्रोल बनाएको पाएको छैन । तर, मैले सदासिव्राओ भाउको मजाक बनाएको देखेको छु ।’

उनले, चलचित्रमा देखिएका धेरै व्यक्तिहरु भारतका लागि लड्दा लड्दै सहिद भएको बताए । भने–‘यदि तपाइले यो कथालाई सानैदेखि पढ्नुभएको छ भने, तपाई यी पात्रहरुको ट्रोल गर्न नै सक्नुहुन्न ।’
उनले सामाजिक संजालमा अहिले नकारात्मक कुरा नै बढी फैलिने गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment