Comments Add Comment

रिह्याब सेन्टरमा माइली सायरस

हलिउडकी चर्चित गायिका माइली सायरसको स्वास्थ्य अवस्था विग्रिएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई रिह्याब सेन्टरमा राखिएको मिडियामा उल्लेख छ । हलिउड मिडियाहरुले माइली केही दिनदेखि सामाजिक संजालबाट गायब भएको बताएका छन् । यसको पछाडि, उनको स्वास्थ्य अवस्था विग्रनु रहेको मिडियामा उल्लेख छ ।

यो बिषयमा माइलीको टिमले केही पनि कुरा बताएको छैन । आफ्ना श्रीमान् लायम हेम्सवर्थसँग डिभोर्स गरेपछि माइलीको अफेयरको खबर सार्वजनिक भैरहेको थियो ।

अमेरिकन अनलाइन ‘ग्लोब’का अनुसार माइली सधै नै चर्चामा रहन चाहन्थिन् । यसैले, उनले आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याइरहेकी थिइन् । तर, उनको यही शैलीका कारण उनलाई रिह्याब सेन्टरमा राखिएको छ ।

‘साइड अवे’ बोलको गीतबाट फ्यानको मनमा बसेकी माइलीको स्टेज कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा देखिने शैली पनि धेरैका लागि अनौठो लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment