 
																			१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराा गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।
जसमा चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकभर प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्ने, मंसिर १४ गते उद्घाटन र मंसिर २४ गते समापनको दिन कम भन्दा कम चलाउन अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीले १५ गते विजोर र २४ गते जोर नम्बरप्लेटका सवारी साधनमात्र चलाउन अनुरोध गरेको छ ।
सवारी मार्गमा पुराना र अवस्था ठीक नभएको सवारी साधन नचलाउन, खेल हेर्न आउनेहरुले टुँडिखेलमा गाडी पार्किङ गर्न र हर्नलाई पूर्ण रुपमा निषेध गर्न पनि अनुरोध गरेको छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4