+
+

सरकार र मेडिकल कलेज सञ्चालकबीचको सहमति खारेज गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १५:०३
फाइल तस्वीर । मेडिकल पढ्ने विद्यार्थीको आन्दोलन ।

१२ मंसिर, काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न माग गरेको छ ।

शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ ब्याचका विद्यार्थीको पनि अतिरिक्त शुल्क फिर्ता गराउनुपर्नेमा सरकारले २०७४/७५ र २०७५/७६ को विद्यार्थीको मात्र शुल्क समायोजन गर्ने भनी भ्रम छर्न खोजेको विद्यार्थी युनियनले बताएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पटक पटक आफ्नै निर्देशन कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?