
१२ मंसिर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८ खुरखुरेमा बिहीबार दिउँसो ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट नारायणगढ आउँदै गरेको ना६ख १४४ नम्बरको ट्रकले ना१४प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २२ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक राप्ती नगरपालिका-६ हर्दिका पृथ्वी केसी भने घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
ठक्कर दिने चालक र ट्रकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4