+
+

१६ किलो चरेशसहित नागढुंगाबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १९:४०

१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी–२ मा रहेको नागढुंगा चेक प्वाइन्टबाट मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्री पक्राउ परेका हुन् ।

नियमित चेकजाँचका क्रममा छुट्टाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए ।

उनका अनुसार धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३८५ नम्बरको बसमा सवार मोक्तानको साथबाट बिहीबार १४ किलो ५२० ग्राम चरेश बरामद भएको थियो ।

त्यस्तै, धादिङबाटै आएको ना १ ज ५५८२ नम्बरको टाटा सुमो गाडीमा चेकजाँच गर्ने क्रममा खत्रीले लुकाएको झोलाभित्र १ किलो ९ सय ६० ग्राम चरेश भेटिएको थियो ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?